कतिमा खुल्यो एसियन हाइड्रोपावरको सेयर कारोबार ?

धितोपत्र दोस्रो बजारमा एसियन हाइड्रोपावरको सेयर कारोबार बिहीबारबाट खुलेको छ।

नेप्सेले एसियन हाइड्रोपावरलाई प्रतिकित्ता न्यूनतममा ९९.६० रुपैयाँ र अधिकतममा २९८.८० रुपैयाँ तोकेको थियो। स्पेसल प्रिओपसन सेसनमा कम्पनीको सेयर २९८.८० रुपैयाँमा कारोबार भएको छ।

कम्पनीको आईपीओ बुधबार नेप्सेमा सूचीकृत भएको थियो। नेप्सेमा एसियन हाइड्रोपावरको ३४ लाख कित्ता सेयर सूचीकृत भएको छ। जसमा संस्थापक समूहको २२ लाख २० हजार कित्ता, स्थानीयको ३ लाख ४० हजार कित्ता र सर्वसाधारणको ८ लाख ४० हजार कित्ता छन्।

नेप्सेले एसियन हाइड्रोपावरलाई ‘एएचएल’ कारोबार संकेत प्रदान गरेको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *