ग्लोबल मनी विक मनाउन बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकको आग्रह

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई वित्तीय साक्षरता सम्बन्धि कार्यक्रम गरि ग्लोबल मनी विक मनाउन आग्रह गरेको छ ।

केन्द्रीय बैंकले आज एक सूचना प्रकाशित गर्दै सम्पूर्ण बैंक तथा वित्तीय संस्थालाई यही चैत ६ गतेदेखि चैत १२ गतेसम्म ग्लोबल मनी विक (जीएमडब्ल्यू)–२०२३ मनाउन आग्रह गरेको हो ।

कार्यक्रमको जानकारी कार्यक्रम सम्पन्न गरेको ७ दिनभित्र राष्ट्र बैंकको गभर्नरको कार्यालय अन्तर्गतको वित्तीय साक्षरता इकाईलाई उपलब्ध गराईदिन पनि राष्ट्र बैंकले अनुरोध गरेको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *