‘प्रचण्ड’विरुद्ध सर्वोच्च अदालतमा दुईवटा मुद्दा दर्ता

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध सर्वोच्च अदालतमा मंगलबार दुईवटा मुद्दा दर्ता भएका छन् ।

उनीविरुद्ध मंगलबार सर्वोच्च अदालतमा २०७६ माघ १ मा माघीको अवसरमा टुँडिखेलमा आयोजित एक कार्यक्रममा प्रचण्डले द्वन्दकालमा मारिएका १७ हजारमध्ये आफूले ५ हजारको मात्रै जिम्मा आफूले लिने भन्ने अभिव्यक्तिका विरुद्ध फौजदारी अभियोगमा छानबिन र कारबाही हुनुपर्ने भन्दै मुद्दा दर्ता भएको हो ।

अधिवक्ता ज्ञानेन्द्रराज आरण र कल्याण बुढाथोकीलगायतले प्रचण्डविरुद्ध रिट हालेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *