आज पनि नेप्सेमा ३.८१ अंकको गिरावट, एक अर्बमाथिको कारोबार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज पनि झिनो अंकले घटेको छ । आज नेप्से ३.८१ अंकले घटेर २०१९.७३ बिन्दुमा पुगेको छ ।

त्यसैगरी, ठूला तथा बलिया कम्पनीको मापन गर्ने सेन्सेटिभ परिसूचक पनि १.०८ अंकले घटेर ३८१.९३ बिन्दुमा पुगेको छ ।

कारोबार अवधिभर २६२ कम्पनीको ३९ लाख ४६ हजार २४ कित्ता सेयर किनबेच भएको छ । यसदिन एक अर्ब ३८ करोड ७८ लाखमाथिको कारोबार भएको छ ।

कुल १३ उपसमूहमध्ये ९ वटा समूहको सेयर मूल्य घटेको छ भने बाँकी ४ वटा समूहको सेयर मूल्य बढेको छ । आज कारोबार भएका कम्पनीमध्ये ४ वटा कम्पनीको सेयरमूल्य बढेको छ भने ७ वटा कम्पनीको सेयरमूल्य घटेको छ । १ वटा कम्पनीको सेयरमूल्य स्थिर रहेको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *