टीभीएस मोटर कम्पनीको लागि नेपालको एक मात्र आधिकारीक बिक्रेता जगदम्बा मोटर्सको उत्पादन टीभीएस एनटर्क रेस एक्सपी २०२२ को उत्कृष्ट फिचर लोडेड स्कुटर अवार्डद्वारा सम्मानित भएको छ ।
१२५ सीसी सेग्मेन्टको स्कुटरमा १० पीएसभन्दा बढी पावर निकाल्ने एकमात्र स्कुटर भएकोमा यसलाई उक्त अवार्ड प्रदान गरिएको हो। अवार्ड नेपाली स्टार्टअप, उत्पादन र नेपाली प्राविधिक इभेन्टसँग सम्बन्धित नेपाली मिडिया टेकलेखले प्रदान गरेको हो ।
स्कुटर उद्योगमै पहिलोपटक भोइस असिस्ट फिचर ल्याएर टिभीएसले उद्योगमा एउटा नयाँ छाप छोड्न सफल भएको छ । भोइस असिस्ट फिचरअन्तर्गत मोड चेन्ज, न्याभिगेसन, कन्सोल ब्राइटनेस एडजस्टमेन्ट, डु नट डिस्टर्ब जस्ता फिचरहरु उपलब्ध छन् । यो भोइस असिस्ट फिचरलाई टिभीएस स्मार्ट कनेक्ट ब्लुतुथ कनेक्टिभिटिले सपोर्ट गरेको छ ।
एनटर्क १२५ रेस एक्सपीको द रेस ट्युन्ड फुएल ईन्जेक्सन (आरटि–एफआइ) ईन्जिनले ५५०० आरपीएमका साथ १०.२ पीएसको पावर र १०.८ एनएमको टर्क जेनेरेट गर्दछ। ३ वल्व सिभिटीआई–रेभ ईन्जिन भएको यस स्कुटरको टप स्पिड ९८ किमि प्रति घण्टा रहेको छ ।
एनटर्क १२५ रेस एक्सपीमा दुईवटा ड्राइभ मोड (स्ट्रिट मोड र रेस मोड) रहेको छ । ट्राई टोन कलर थिम र रेस इन्स्पायर्ड बडी डिक्यालले पनि यस स्कुटरलाई स्पोर्टि लुक दिएको छ । त्यस्तै यसमा भएको टेलिस्कोपिक सस्पेन्सन र डबल स्टिच्ड हिस्टेरेसिस सिटले यस स्कुटरलाई आरामदायी त बनाएको छ नै साथै बजारमा उपलब्ध अन्य स्कुटर भन्दा एक कदमले अगाडि देखाएको छ ।
जगदम्बा मोटर्सका सीईओ दीपक अग्रवालले भने, ‘२०२२ को बेस्ट फिचर लोडेड स्कुटरको अवार्डद्वारा सम्मानित हुन पाउँदा एकदमै गौरव महसुस भएको छ । हुन पनि यो टीभीएस् एनटर्क १२५ रेस एक्सपी यो सेग्मेन्टमै सबैभन्दा बढी पावर दिने स्कुटर मात्र नभएर डुअल राइड मोड भएको पनि सेग्मेन्टमै पहिलो हो । त्यस्तै यसमा एक्सिलेरेसन पनि सुधारिएको छ भने टप स्पिड पनि पहिलाको मोडल भन्दा धेरै बनाइएको छ । बेस्ट इन क्लास कनेक्टिभिटी र सेग्मेन्ट फस्र्र्ट १०.२ पीएसको पावरले सर्वोत्कृष्ट पर्फर्मेन्सको ग्यारेन्टि दिनुको साथै हाम्रो ग्राहक सेवा सन्तुष्टिको मान्यतालाई पनि आत्मसात गरेको छ ।’







