थप आठ हजार १७ जनामा कोरोना, १५ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थप आठ हजार १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार अपरान्हमा दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा २१ हजार ८०८ वटा नमुना परीक्षण गर्दा आठ हजार १७ जनामा कोरोना पोजेटिभ देखिएको हो।

मन्त्रालयका अनुसार १५ हजार ७३६ जनामा पीसीआर परीक्षण गर्दा पाँच हजार ८१६ जनामा र छ हजार ७२ जनामा एन्टिजेन परीक्षण गर्दा दुई हजार २०१ जनामा कोरोना संक्रमण देखिएको हो ।

योसँगै देशभर सक्रिय संक्रमितको ९० हजार ५७६ रहेको छ । पछिल्लो २४ घण्टामा पाँच हजार २९२ जना डिस्चार्ज भएका छन् भने १५ जनाको मृत्यु भएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *