नाडेप लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७८–७९का लागि लाभांश घोषणा गरेको छ ।

संस्थाको बुधबार (माघ १८ गते) बसेको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजी ४८ करोड ५७ लाख ६० हजार रुपैयाँको कुल १०.५२६ प्रतिशतले हुन आउने ५ करोड ११ लाख ३२ हजार ६३१.५८ रुपैयाँबराबरको लाभांश घोषणा गरेको छ।

प्रस्तावित लाभांशमा १० प्रतिशतले हुन आउने ४ करोड ८५ लाख ७६ हजार रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.५२६ प्रतिशतले हुन आउने २५ लाख ५६ हजार ६३१.६८ रुपैयाँबराबरको नगद लाभांश  छन्।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरिने संस्थाले जनाएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *