नेपाली कांग्रेसका सांसद वीरबहादुर बलायरले सुदूरपश्चिम प्रदेश राजधानी गोदावरीमा तोकिए पनि हालसम्म कुनै पूर्वाधार बन्न नसकेको भन्दै सम्बन्धित निकायको ध्यानाकषर्ण गराएका छन् ।
प्रतिनिधिसभा बैठकमा बोल्दै उनले भने,“भोगाधिकार किन रोकिएको हो ? सुदूरपश्चिमले राष्टिय गौरवको कुनै पनि योजना पाउन सकेन ।” उनले सुदूरपश्चिमको मेडिकल कलेजमा घाँस उम्रिएको भए पनि सञ्चालनका लागि ठोस् पहल नभएको भन्दै सरकारको ध्यानाकर्षण गराए । संविधानमा हस्ताक्षर गर्ने सबैको कर्तव्य यसको रक्षा गर्ने उनको भनाइ थियो ।







