बिपिडब्लु लघुवित्तले आइपिओ बिक्री खुला गर्दै, कहिलेदेखि दिन सकिन्छ आवेदन ?

बिपिडब्लु लघुवित्त वित्तीय संस्थाले आइपिओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले सर्वसाधारण तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गर्ने भएको हो।

कम्पनीले जारी पुँजी ३ करोड रुपैयाँको ३२.३३ प्रतिशतले हुन आउने प्रतिशेयर १०० रुपैयाँ अंकित दरका ९७ लाख रुपैयाँ बराबरको ९७ हजार कित्ता आइपिओ बिक्री गर्न लागेको हो।

कुल कित्तामध्ये १० प्रतिशत अर्थात् ९ हजार ७ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई निष्कासन गर्न लागेको छ।

त्यस्तै, जारी पुँजीको ०.५ प्रतिशत अर्थात् १ हजार ५ सय कित्ता सेयर कर्मचारीहरू र ५ प्रतिशत अर्थात् ४ हजार ८ सय ५० कित्ता सामुहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ।

बाँकी रहेको ८० हजार ९ सय ५० कित्ता सेयर भने सर्वसाधारणलाई वितरण गर्ने कम्पनीले जनाएको छ। कम्पनीले माघ २२ गतेदेखि फागुन ८ गतेसम्म वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि आइपिओ बिक्रीको मिति तय गरेको हो।

सर्वसाधारणहरूले भने फागुन १८ गतेदेखि फागुन २३ गतेसम्म उक्त आइपिओमा आवेदन दिन सक्नेछन्। उक्त समयसम्म मागबमोजिम आवेदन नपरेमा सर्वसाधारणहरूले चैत २ गतेसम्म आइपिओमा आवेदन दिन सक्ने व्यवस्था रहेको छ।

दुबै समूहका लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। कम्पनीको आइपिओलाई इक्रा नेपालले ‘इक्रा एनपी इस्युअर रेटिङ डबल बी माइनस’ रेटिङ प्रदान गरेको छ। जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *