नेपाली बजारमा बुधबार सुनको मूल्य ओरालो लागेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेको हो । योसँगै छापावाला सुन प्रतितोला १ लाख ४ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ४ हजार रुपैयाँ कायम भएको छ।
हिजो मंगलबार पनि सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको थियो । यो दिन छापावाला सुन प्रतितोला १ लाख ५ हजार १०० रुपैयाँ र तेजाबी सुन १ लाख ४ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर १ हजार ३७५ रुपैयाँ कायम भएको छ । हिजो पनि तोलामा १० रुपैयाँले घटेर चाँदी १ हजार ३९० रुपैयाँमा किनबेच भएको थियो।
Artha Sanjal






