अमेरिकी डलरको मूल्य बढ्यो, कुन देशको कति ?

काठमाडौं । नेपाल राष्ट्र बैँकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आजको लागि तोकिएको मूल्य अनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज अमेरिकी डलर एकको खरिद दर १३० रूपैयाँ ५२ पैसा र बिक्री दर १३१ रूपैयाँ १२ पैसा तथा युरो एकको खरिद दर १४१ रूपैयाँ १७ पैसा र बिक्री दर १४१ रूपैयाँ ८२ पैसा रहेको छ ।

त्यस्तै बेलायती पाउण्ड एकको खरिद दर १५९ रूपैयाँ ४० पैसा र बिक्री दर १६० रूपैयाँ १३ पैसा, स्वीस फ्र्याँक एकको नेपाली खरिद दर १४१ रुपैयाँ ३२ पैसा र बिक्री दर १४१ रुपैयाँ ९७ पैसा, अष्ट्रेलियन डलर एकको नेपाली खरिद दर ९० रुपैयाँ ६६ पैसा र बिक्री दर ९१ रुपैयाँ ८ पैसा रहेको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *