तनहुँ जिल्ला अदालतबाट पल शाहले पाए सफाइ

जिल्ला अदालत तनहुँले अभिनेता पल साहलाई सफाई दिएको छ । नाबालिक गायिकामाथि यौन दुरुपयोगको अभियोगमा मुद्दा खेपिरहेका अभिनेता पल शाहलाई तनहुँ जिल्ला अदालतले सफाइ दिएको हो ।

न्यायाधीश कोमलप्रसाद आचार्यको एकल इजलासले बहसपछि फैसला सुनाएको हो । बहसमा शाहको पक्षबाट तीन वरिष्ठसहित ५ जना कानुन व्यवसायीले बहस गरे भने जाहेरवालाका तर्फबाट एक जना सरकारी वकिल सहभागी थिए । एक १७ वर्षीया किशोरीले शाहविरुद्ध बलात्कारको आरोप लगाएकी थिइन् ।

तीनै किशोरीले लगाएको आरोपमा नवलपुर अदालतले शाहलाई साढे २ वर्ष कैद सजाय गरिसकेको छ । तनहुँ जिल्ला अदालतले सफाई दिए पनि शाह जेलमुक्त हुने छैनन् ।

पीडित भनिएकी नाबालिकाले बलात्कारको जाहेरी दिएपनि अदालतले लिएको बकपत्रमा भने आरोप झुटा भएको बताएकी थिइन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *