महालक्ष्मी विकास बैंकका ग्राहकलाई विभिन्न स्वास्थ्य संस्थामा विशेष छुट

महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ ललितपुरको सानेपा–२ स्थित स्टार हस्पिटल लिमिटेड र काठमाण्डौको नयाँ बानेश्वरस्थित अल्फा केयर प्रालि गरी दुई स्वास्थ्य संस्थाहरुसँग सम्झौता गरेको छ।

सम्झौतापश्चात महालक्ष्मी विकास बैंकका ग्राहकले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन्। बैंकका ग्राहकहरुले स्टार हस्पिटलका सेवाहरुमा अधिकतम १५% र अल्फा केयरका सेवाहरुमा अधिकतम १५% को आकर्षक छुट प्राप्त गर्न सक्नेछन्।

यस किसिमको सहकार्यबाट स्वास्थ्य उपचारमा ग्राहकहरुको पहुँच बढ्नुका साथै सहज र सुलभ स्वास्थ्य उपचारबाट लाभान्वित हुने विश्वास बैंकले लिएको छ।

“सबल बैंक, सफल सहकार्य”को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्षदेखि अनवरत रुपले सरल, सहज र गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आइरहेको बैंकले डिजिटल युगसँग नेपाली जनतालाई साक्ष।तकार गराउने उद्देश्यले बैंकले विभिन्न शाखाबाट वित्तीय जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *