नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले तीन कम्पनीको सेयर कारोबार फुकुवा गरेको छ। नेप्सेले साल्ट ट्रेडिङ, महिला लघुवित्त र महुली लघुवित्तको सेयर कारोबार फुकुवा गरेको हो।
धितोपत्र सूचीकरण विनियमावलीविपरीतको कार्य गरेको भन्दै नेप्सेले साल्ट ट्रेडिङ पुस २८ गतेदेखि र महिला तथा महुली लघुवित्तको पुस २६ गतेदेखि सेयर कारोबार रोक्का गर्दै स्पष्टीकरण पेस गर्न निर्देशन दिएको थियो।
यी कम्पनीलाई नेप्सेले लाभांश घोषणासम्बन्धी सूचना कारोबार समयमा नट्समार्फत नेप्सेमा पठाएकोले कारबाही गर्दै सेयर कारोबार रोक्का गरेको थियो । अब यी तिनै कम्पनीको सेयर बुधबारबाट कारोबार हुनेछन् ।
Artha Sanjal






