मुलुकको अर्थतन्त्र सुधार उन्मुख (राष्ट्र बैंककाे प्रतिवेदनसहित)

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पछिल्ला पाँच महिना (साउन–मंसिर)को तथ्याङ्कमा आधारित रिपोर्ट सार्वजनिक गरेको छ । बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसहितको प्रतिवेदन सार्वजनिक गरेको हो । जसअनुसार समग्र मुलुकको अर्थतन्त्र सुधारउन्मुख देखिएको छ ।

प्रतिवेदनअनुसार। वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ७.३८ प्रतिशत रहेको छ । यस्तै आयात २०.७ प्रतिशतले, निर्यात ३४.६ प्रतिशतले र कुल वस्तु व्यापार घाटा १८.८ प्रतिशतले घटेको बैंकले जनाएको छ ।

यसैगरी विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २३.० प्रतिशतले र अमेरिकी डलरमा १३.१ प्रतिशतले बढेको छ । शोधनान्तर स्थिति रु. ४५ अर्ब ८७ करोडले बचतमा रहेको छ । यसैगरी कुल विदेशी विनिमय सञ्चिति रु १२९२ अर्ब ५६ करोड र अमेरिकी डलरमा ९ अर्ब ८२ करोड रहेको छ भने संघीय सरकारको खर्च रु।४३५ अर्ब २१ करोड र राजस्व परिचालन रु।३२६ अर्ब ८९ करोड रहेको छ ।

चालु आर्थिक वर्षको पहिलो महिनाबाटै उच्च मुद्रास्फीति ब्यहोरेको मुलुकले पछिल्लो महिना भने नियन्त्रण उन्मुख देखिएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार मंसिर मसान्त भित्र मुद्रास्फीति ७.३८ प्रतिशत रहेको छ । कात्तिक महिनासम्म मुद्रास्फीति ८.०८ प्रतिशत रहेको थियो ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *