सिनर्जी पावरले डाक्यो वार्षिक साधारणसभा, यस्ता छन् प्रस्तावहरु

सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले १६ औँ वार्षिक साधारणसभा डाकेको छ।

कम्पनी सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा यही पुस ३० गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको बालुवाटरस्थित टाइम्स स्क्वायर लजमा बिहान ९ बजेबाट सुरु हुनेछ।

सभाले आर्थिक वर्ष २०७८/७९को आर्थिक विवरणसहितको वार्षिक प्रतिवेदन अनुमोदन गर्नेछ। लेखापरीक्षकको प्रतिवेदन पनि सभाले पारित गर्नेछ।

आर्थिक वर्ष २०७९/८०का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पनि सभाले स्वीकृत गर्नेछ।

कम्पनीले उक्त आर्थिक वर्षका लागि कुनै पनि प्रकारको लाभांश प्रस्ताव गरेको छैन। अघिल्लो आर्थिक वर्षमा भने कम्पनीले सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो।

वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले पुस २० गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस १९ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको वार्षिक साधारणसभामा भाग लिन योग्य हुनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *