ग्लोबल आइएमई लघुवित्तको कास्कीमा सीपमूलक तालिम

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले कास्कीको नौडाँडामा सदस्यहरुलाई सीपमूलक तालिम प्रदान गरेको छ।

संस्थाले घरमै बसेर आयआर्जन गर्न सकिने र थौरे लगानीमा व्यवसाय सुरु गर्न सकिने तालिम सञ्चालन गरेको हो । डल, कुशन, खेलौनालगायतका सामानहरु बनाउनेसम्बन्धी तालिम संस्थाको नौडाँडा शाखाले आयोजना गरेको थियो ।

तालिममा ३० जना महिला सदस्यहरुले सहभागिता जनाएको र तालिम पुस २ गतेदेखि ४ गतेसम्म सञ्चालन गरिएको शाखाको शाखा प्रबन्धक सुजिता श्रेष्ठले जानकारी गराए।  वित्तीय संस्थाले सञ्चालन गरेको तालिममा सहभागी हुन पाउँदा सहभागीहरुले खुसी व्यक्त गरेका थिए ।

वित्तीय संस्थाले सदस्यहरुलाई कर्जा लगानीमात्र नगरी उद्यमी बनाउन विभिन्न समयमा यस्ता सीपमूलक तालिमसमेत सञ्चालन गर्दै आइरहेको छ। संस्थाको ५४ जिल्लामा ११९ वटा शाखा र १ लाख ४९ हजारभन्दा बढी सदस्य छन्।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *