मर्ज हुँदै नबिल इन्भेष्टमेन्ट र बङ्गलादेश क्यापिटल, स्वाप रेसियो कति ?

नबिल इन्भेष्टमेन्ट बैंकिङ र नेपाल बङ्गलादेश क्यापिटल मर्ज हुने भएका छन् । नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई गाभेपछि यी दुवै बैंकका सहायक कम्पनी नबिल इन्भेष्टमेन्ट बैंक्गिले नेपाल बंगलादेश क्यापिटललाई मर्ज हुने भएका हुन् ।

माउ कम्पनी मर्जर भएपछि नेपाल धितोपत्र बोर्डको नियम अनुसार अनिवार्य मर्जरमा जानु पर्ने व्यवस्था रहेको छ ।  नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग र नेपाल बङ्गलादेश क्यापिटलबीच गाभ्ने तथा प्राप्ति गर्ने गरिएको सम्पत्ति, दायित्व तथा कारोबारको मुल्यांकन प्रतिवेदनमा सेयर आदानप्रदान अनुपात १ः०.२७ स्वाप रेसियो निर्धारण गरिएको छ । अर्थात् नेपाल बङ्गलादेश क्यापिटलको १ सेयर बराबर नबिल इन्भेष्टमेण्ट बैंकिङ्गको ०.२७ सेयर हुनेछ ।

दुवै कम्पनीले मर्जर तथा एक्विजिशन प्रस्ताव पारित गर्न विशेष साधारण सभामा बोलाएका छन् । दुवै कम्पनीको मंसिर २ गते बसेको सञ्चालक समितिको बैठकले विशेष साधारण सभा मंसिर १८ गते बोलाएका हुन् । नबिल इन्भेष्टमेन्ट बैंक्गिको कम्पनीको नक्साल र नेपाल बङ्गलादेश क्यापिटलको नबिल बैंकको केन्द्रिय कार्यालय तिनधारा काठमाडौंमा १० बजे सभा बोलाइएको छ ।

सभाले नबिल इन्भेष्टमेण्ट बैकिङ्ग र नेपाल बङ्गलादेश क्यापिटल गाभ्न तथा प्राप्ति गर्न सञ्चालक समिति एवं संयुक्त मर्जर समितिद्वारा नियुक्त सम्पत्ति, दायित्व तथा कारोबारको मुल्याकनकर्ताको नियुक्ति तथा निजलाई भुक्तानी गरिने पारिश्रमिक, सम्पत्ति तथा दायित्व मुल्यांकन प्रतिवेदन तथा अन्तिम सम्झौता पत्र लगायतका गाभ्ने तथा प्राप्ति गर्ने सम्बन्धमा सम्पन्न भईसकेका सम्पूर्ण कार्यहरूलाई अनुमोदन गर्ने छ ।

यस्तै, सभाले दुवै कम्पनीको मर्जर पश्चात् जारी तथा चुक्ता पूँजी बृद्धि हुने भएकोले सोही बमोजिम प्रबन्धपत्रको विभिन्न दफाहरूमा संशोधनको प्रस्तावलाई स्वीकृति प्रदान गर्ने र १ः०.२७ स्वाप रेसियो अनुमोदन गर्नेछ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *