घुस लिएको आरोपमा मालपोतका कार्यालय सहयोगीविरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजारमा कार्यरत कार्यालय सहयोगी ९पाँचौं तह० होमनाथ खतिवडाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार मोही लगत कट्टा गर्नका लागि सेवाग्राहीसँग घुस लिँदै गर्दा अवस्थामा खतिवडा पक्राउ परेका थिए । घुस बापतको रकम ५ हजार रुपैयाँ मात्रै भए पनि खानतलासी गर्दा उनको साथमा ३ लाख १८ हजार ६०० रुपैयाँ भेटिएको थियो ।

पक्राउका क्रममा बरामद भएको रकममध्ये २ लाख ६१ हजार रुपैयाँ स्रोत नखुलेको पाइएपछि सोही बमोजिमको बिगो दाबी गर्दै बिहीवार विशेष अदालतमा मुद्दा दायर गरिएको प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।

आयोगले माछापोखरी ठेक्का, शैक्षिक सामग्री हस्तान्तरण, मोटरसाइकल खरिद लगायतका विषयमा अनियमितता गरेको अभियोगमा रुपन्देही ओमसतिया गाउँपालिकाका तत्कालीन अध्यक्षसहित ७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगले गाउँपालिकाका तत्कालीन अध्यक्ष हिरा केवट, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजु नेपाल, तत्कालीन लेखापाल रविलाल पाण्डेय, कृषि शाखा प्रमुख सुवोधराज भट्टराई, व्यावसायिक माछा ब्लक सञ्चालक समितिका तत्कालीन अध्यक्षा उमेश केवट, सचिव नरेन्द्रप्रसाद चौधरी र सहानी सःमिल सञ्चालक दुर्गावती केवटविरुद्ध २० लाख ७५ हजार रुपैयाँ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *