तीस अर्बको ट्रेजरी बिल्स सोझै खरिद गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले आज बिहीबार कात्तिक २४ गते ३० अर्बको नेपाल सरकारका ट्रेजरी बिल्स सोझै खरिद गर्नका लागि बोलकबोल गर्ने भएको छ।

बोलकबोल बिहीबार दिउँसो २ बजेसम्म अनलाइन माध्यमबाट गरिनेछ। ट्रेजरी बिल्सको खरिद मिति भने भोलि कात्तिक २५ गते तय गरिएको छ।

राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागका अनुसार नेपाल सरकारका ट्रेजरी बिल्सको भुक्तानी २०७९ चैत मसान्तसम्म तोकिएको छ । काउन्टरपार्टीले बिक्री गर्न चाहेको तोकिएको भुक्तानी मिति भएका नेपाल सरकारका ट्रेजरी बिल्सको सिरिज नम्बर र परिणाम उल्लेख गर्नुपर्नेछ।

काउन्टरपार्टीले बिक्री गर्न चाहेको ट्रेजरी बिल्सको परिमाणको मूल्यमा बोलकबोल गर्नुपर्नेछ। उदाहरणका लागि १०० को ट्रेजरी बिल्स कति मूल्यमा बिक्री गर्ने हो सो रकम बोल गर्नुपर्नेछ ।

यसैगरी काउन्टरपार्टीले बिक्री गर्न चाहेको नेपाल सरकारको ट्रेजरी बिल्सको परिमाण रु। ५ करोड वा रु। ५ करोडले भाग लाग्ने दरले खरिद आह्वान गरेको रकमसम्म बोलकबोल गर्न सक्नेछन्। तर एउटा सिरिजको ट्रेजरी बिल्सका लागि एउटामात्र बोलकबोल गर्नुपर्नेछ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *