तिहारपछि खुलेको सेयर बजारमा दोहोरो अंकको वृद्धि

तिहार र छठ बिदापछि पहिलो दिन खुलेको सेयर बजारमा दोहोरो अंकको वृद्धि देखिएको छ । एक साता बन्द भएर खुलेको बजार ०.८८ प्रतिशतले बढेको हो ।

सोमबार सेयर कारोबार मापक नेप्से १६.३९ अंकले बढेर १८७४.८७ बिन्दुमा उक्लिएको छ । यता ठूला तथा बलिया कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक पनि४.९३ अंकले बढेर ३७०.८६ बिन्दुमा पुगेको छ ।

कारोबार अवधिभर २२४ कम्पनीको २५ लाख ७४ हजार ९७५ कित्ता सेयर खरिदबिक्री हुँदा ६९ करोड ७३ लाख १७ हजार ६११ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।

यसदिन विकास बैंक बाहेक अन्य सबै उपसूचकमा हरियाली छाएको छ । आज कारोबार भएकामध्ये ११० कम्पनीको सेयरमूल्य बढेको छ भने ६५ कम्पनीको सेयरमूल्य घटेको छ । १० वटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।

आज सयपत्री हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर ३१३ रुपैयाँ ५० पैसा पुगेको छ ।

त्यसैगरी, नेपाल एसबिआई बैंक, शाइन रेसुंगा डेभलपमेन्ट बैंक, एनआईसी एसिया बैंक र एभरेष्ट बैंक लगायत कम्पनीको पनि सेयर मूल्य बढेको छ ।

यता, अप्पर हेवाखोला हाइड्रोपावर, रुरु जलविद्युत, अभियान लघुवित्त, दिव्यश्वरी हाइड्रोपावर लगायत कम्पनीका लगानीकर्ताले भने सर्वाधिक गुमाएका छन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *