नेपाली बजारमा (बिहीबार) सुनको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको हो । आज छापावाला सुन प्रतितोला ९३ हजार १०० रुपैयाँ र तेजाबी सुन ९२ हजार ६०० रुपैयाँ कायम भएको छ ।
हिजो सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको थियो । यो दिन छापावाला सुन प्रतितोला ९३ हजार २०० रुपैयाँ र तेजाबी सुन ९२ हजार ७०० रुपैयाँमा किनबेच भएको थियो।
आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर १ हजार १७० रुपैयाँ कायम भएको छ। हिजो तोलामा ५ रुपैयाँले घटेर चाँदी १ हजार १७५ रुपैयाँमा कारोबार भएको थियो ।







