कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज सोमबार स्थानीय काउली, अदुवा, रातो मूला र पाकेको फर्सीको औसत मूल्य प्रतिकेजी ४५ रुपैयाँ रहेको छ ।
अनार ४८३ रुपैयाँ ३३ पैसा, अमला, र सखर खण्डको मूल्य ७५ रुपैयाँ, अम्बा १२५ रुपैयाँ, आभोकाडो २७५ रुपैयाँ, रातो आलु ९६ रुपैयाँ ५० पैसा, भारतीय रातो आलु ४७ रुपैयाँ, मुडेको रातो आलु ७७ रुपैयाँ ५० पैसा, सेतो आलु ७७ रुपैयाँ ५० पैसा, इमली १४६ रुपैयाँ ६७ पैसा, लोकल काँक्रो ५५ रुपैयाँ, कागती २०० रुपैयाँ, किवी ३२५ रुपैयाँ, केरो प्रति दर्जन ११० रुपैयाँ, अकबरे खुर्सानी ८० रुपैयाँ, तराई गाजर ११६ रुपैयाँ ६७ पैसा रहेको छ ।
त्यस्तै, लोकल गाजर १४६ रुपैयाँ ६७ पैसा, गुन्द्रुक २७५ रुपैयाँ, नेपाली ठूलो गोलभेँडा ६५ रुपैयाँ, भारतीय गोलभेँडा १०५ रुपैयाँ, टनेल गोलभेँडा ४४ रुपैयाँ २० पैसा रहेको छ ।
घिरौलाको औसत मूल्य प्रतिकेजी ८६ रुपैयाँ ६७ पैसा, चमसूरको साग २३५ रुपैयाँ, चिचिण्डो ५६ रुपैयाँ ६७ पैसा, चुकुन्दर ८६ रुपैयाँ ६७ पैसा, कन्य च्याउ १७५ रुपैयाँ, डल्ले च्याउ ३२५ रुपैयाँ, जिरीको साग २७५ रुपैयाँ, रहु माछा ३५० रुपैयाँ, तामा १०६ रुपैयाँ ६७ पैसा, तोरीको साग ५६ रुपैयाँ ६७ पैसा, चाइनिज नास्पाती ३२५ रुपैयाँ, निबुवा ५६ रुपैयाँ ६७ पैसा, न्यूरो ८५ रुपैयाँ, परवर ६६ रुपैयाँ ६७ पैसा रहेको छ ।






