सामान्य अंकले घट्याे नेप्से , ८० करोड ३५ लाखको कारोबार

साताको पहिलो कारोबार दिन आज (आइतबार) सामान्य अंककाे गिरावट आएकाे छ । नेपाल स्टक एक्सचेञ्ज  नेप्से ९.६९ अंकले घटेर १८६०.९४ विन्दुमा बन्द भएको हो । आज नेप्सेमा ८० करोड ३५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

कुल १३ उपसमूहमध्ये २ वटा समूहको सेयर मूल्य बढेको छ भने बाँकी ११ वटा समूहको सेयर मूल्य घटेको छ । आज कारोबार भएका कम्पनीमध्ये ३० वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १४८ वटा कम्पनीको शेयरमूल्य घटेको छ ।

आज अभियान लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ७३४.६० रुपैयाँ पुगेको छ । नेप्सेका अनुसार पिपुल्स पावरको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट आएको छ । यसको शेयरमूल्य १० प्रतिशत भन्दा बढीले घटेको हो ।

कारोबारको आधारमा आज सबैभन्दा बढी एभरेष्ट बैंकको भएको छ । यसको आज ८ करोड ४७ लाख भन्दा बढीको कारोबार भएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *