नेपाली बजारमा (बिहीबार) सुनको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य स्थिर रहेको हो । योसँगै आज छापावाला सुन प्रतितोला ९४ हजार २०० रुपैयाँ र तेजाबी सुन ९३ हजार ७०० रुपैयाँ कायम भएको छ।
हिजो सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको थियो । यो दिन छापावाला सुन प्रतितोला ९४ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर १ हजार १९० रुपैयाँ कायम भएको छ। हिजो तोलामा १५ रुपैयाँले घटेर चाँदी १ हजार २०० रुपैयाँमा किनबेच भएको थियो।
Artha Sanjal






