प्रभु क्यापिटल र क्वेस्ट इन्टरनेसनल कलेजबीच सहकार्य गर्ने समझदारी

प्रभु क्यापिटल लिमिटेड र क्वेस्ट इन्टरनेसनल कलेजबीच एमओयू सम्झौता सम्पन्न भएको छ। सम्झौतामा प्रभु क्यापिटल लिमिटेडका प्रबन्ध निर्देशक दिनेश थकाली र क्वेस्ट इन्टरनेसनल कलेजकी बीबीए डाइरेक्टर ज्योति शेरचनले हस्ताक्षर गरेका छन्।

देशमा दक्ष व्यवस्थापकीय क्षमता भएका जनशक्ति उत्पादन गर्ने तथा विद्यार्थीहरुलाई वित्त तथा व्यवस्थापनको क्षेत्रमा व्यवहारिक शिक्षा प्रदान गर्नेलगायतका विषयमा सहकार्य गर्नेगरी आपसी समझदारीपत्रमा सम्झौता भएको हो ।

सम्झौताअनुसार प्रभु क्यापिटलले सो कलेजको व्यवस्थापन विभागको बीबीए तहमा अध्ययनरत विद्यार्थीलाई प्रोत्साहन गर्ने हेतु प्रभु क्यापिटलले सेयर बजारसम्बन्धी विभिन्न तालिम प्रदान गर्ने तथा विभिन्न सेवामा सहुलियत दिने साथै कलेजले क्यापिटलको अनुसन्धान तथा विश्लेषण कार्यमा मद्दत पुग्नेलगायतका विषय समेटेर कलेजको व्यवस्थापन विभागका फ्याकेल्टी मेम्बर तथा विद्यार्थीसँग सहकार्य गर्ने सम्झौता भएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *