नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । त्यस्तै अमेरिकी डलर एकको नेपाली खरिद दर १३० रुपैयाँ २४ पैसा र बिक्री दर १३० रुपैयाँ ८४ पैसा रहेको छ । नेपालमा अमेरिकी डलरको मूल्य आज केहि कम भएको छ ।
आज युरो एकको नेपाली खरिद दर १२५ रुपैयाँ ३८ पैसा र बिक्री दर १२५ रुपैयाँ ९६ पैसा, पाउण्ड स्ट्रलिङ एकको खरिद दर १४० रुपैयाँ ६९ पैसा र बिक्री दर १४१ रुपैयाँ ३३ पैसा, स्वीस फ्रेंक एकको खरिद दर १३१ रुपैयाँ ८४ पैसा र बिक्री दर १३२ रुपैयाँ ४४ पैसा रहेको छ ।
त्यस्तै, जापानीज ऐन १० को खरिदर ९ रुपैयाँ ०२ पैसा र विक्रीदर ९ रुपैयाँ ०६ पैसा रहेको छ । कतार रियाल एकको खरिददर ३५ रुपैयाँ ६३ पैसा र विक्रीदर ३५ रुपैयाँ ८० पैसा रहेको छ ।







