सानिमा जनरल इन्स्योरेन्सको विशेष सभा सम्पन्न

सानिमा जनरल इन्स्योरेन्स लिमिटेडको विशेष साधारण सभा सम्पन्न भएको छ । कम्पनीको सभा आज कुण्डलीनी दरबार बैंक्वेट, चण्डोल काठमाडौंमा सम्पन्न भएको हो ।

उक्त सभाले जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडसँग गाभ्ने/गाभिने वा मर्जरमा जाने सम्बन्धि प्रस्ताव पारित गरेको छ । सानिमा जनरल इन्स्योरेन्स तथा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड एक आपसमा गाभिए पश्चात बन्ने निर्जिवन बीमा ब्यवसाय गर्ने कम्पनीको नाम नेपालीमा ‘सानिमा जिआइसी इन्स्योरेन्स लि.’ कायम गरी सो को नामबाट निर्जिवन बीमा व्यवसाय गर्ने सम्बन्धित प्रस्ताव पारित गरेको छ ।

यसका अलावा चार्टर एकाउन्टेन्टद्धारा तयार गरिएको जनरल इन्स्योरेन्स कम्पनी तथा सानिमा जनरलको चल।अचल सम्पत्ति तथा दायित्व मूल्यांकन प्रतिवेदन (डीडीए) तथा अन्य सम्बद्ध ब्यवस्था समेतका आधारमा निर्माण गरिएका शेयर अनुपात १:१ कायम गर्ने गरि गाभिने अन्तिम सहमतिपत्रमा भएका सम्झौताको विशेष प्रस्ताव पारित गरेको छ ।

त्यस्तै, सानिमा जनरल र जनरल इन्स्योरेन्सबीच एक आपसमा गाभिएपछि कम्पनीको केन्द्रीय कार्यालय टंगाल, काठमाडौंमा रहने तथा सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली आवश्यक संशोधन गर्ने सम्बन्धि प्रस्ताव समेत सोही सभाबाट पारित भएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *