नेपाली कांग्रेसको समानुपातिक बन्दसूचीमा प्रधानमन्त्री देउवा पत्नी आरजु राणादेखि भारतीय एजेन्टसम्मले समेत स्थान पाएको छ । पार्टीमा लामो समयदेखि योगदान गर्नेहरुको बेवास्ता गर्दै पार्टी सभापतिले मनपरी रुपमा यस्तो निर्णय गरेका हुन्। जसका कारण शेखर कोईराला पक्षले पार्टीभित्रै बिद्रोह गर्ने तयारी समेत थालेको छ ।
सार्वजनिक कार्यक्रममा बोल्दै कांग्रेस नेता गुरूराज घिमिरेले पार्टीभित्रको अन्याय सच्याउन नेतृत्वलाई विनम्रपूर्वक गरिएको खबरदारीको सुनुवाइ नभए विद्रोह हुने चेतावनी समेत दिएका थिए । ‘नेपाली कांग्रेसभित्र अहिले समान्तवाद मौलाएको छ। एकलौटी रूपमा टिकट दिएर सबैलाई जिताउने तागत छ भने दिए हुन्छ। हामी विनम्रतापूर्वक आग्रह गरिरहेका छौ। सुनुवाई नभए विद्रोह गर्छौ’, उनले भने ।
कांग्रेसको समानुपातिक बन्दसूचीमा भारतीय गृहमन्त्री अमित साहका सचिवालयमा कार्यरत कर्मचारी सन्दिप रानाको नाम समेत अटाएको छ । कांग्रेस सार्वजनिक गरेको समानुपातिक उम्मेदवारको बन्दसूचीमा पूर्व उपसिभापति विमलेन्द्र निधि, प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणादेखि ‘भारतीय एजेन्ट’का रुपमा हेरिने सन्दिप रानाको नाम समाविष्ट छ ।

भारतीयका लागि काम गर्ने सन्दिप राना पाल्पा निर्वाचन क्षेत्र नं. १ बाट सिफारिस भएर अन्ततः कांग्रेसको समानुपातिक बन्द सूचीमा अटाएका हुन् । कांग्रेस महासमिति सदस्य समेत रहेका उनी टिकट हात पार्न लामो समयदेखि बालुवाटारमा निक्कै सक्रिय थिए । पार्टीमा लामो सयम योगदान दिएका नेताकार्यकर्तालाई समेत पछि पार्दै सन्दिप बन्द सूचीमा अटाएका छन् । उनकाे नाम कांग्रेसले समानुपातिक बन्द सूचीकाे ४२ औं राखेको छ।

भारत केन्द्रित विभिन्न राजनीतिक गतिबिधिमा संलग्न रानाले कांग्रेस पार्टीका लागि कुनै याेगदान गरेका छैनन् तर उनी एक्कासी समानुपातिक बन्द सूचीमा अटाएपछि कांग्रेसभित्र व्यापक असन्तुष्टि पैदा समेत भएको छ । ‘पार्टीमा अलिकति पनि योगदान नदिएका सन्दिपलाई टिकट दिँदा लामो समयदेखि संघर्ष गरिरहेका अग्रज नेता तथा कार्यकर्तामा निराशा छाएको छ ’, कांग्रेस एक नेता भन्छन् । सन्दिप रानालाई कांग्रेसले समानुपातिक उम्मेदवार बनाएर पार्टी र देश दुवैका लागि ठिक नगरेको उनले भनाई छ ।

‘विगतमा हामीले सुनिन्थ्यो, नेपालको मन्त्रिपरिषद्मै भारतीय रादूतावासका प्रतिनिधि सहभागी हुन्थे रे । अहिले फेरि संसदभित्र भारतीय एजेन्ट प्रवेश गरे भने हाम्रो अवस्था के हुन्छ ?’, उनी प्रश्न गर्छन् । उनका अनुसार सन्दिपले आफूलाई नेपाल–भारत सम्बन्धको व्याख्यायता दाबी गर्छन्।

भारलते नेपालको ससदमा आफ्ना एजेन्टलाई कांग्रेसको समानुपातिक सूचीमा अटाएर टिकटका लागि लविङ गरिरहेको थियो’, उनी भन्छन्, ‘अन्ततः समानुपातिक बन्दसूचीमा सन्दिपलाई राखेर भारत आफ्नो निहित स्वार्थ पुरा गर्न सफल भएको छ। जसले गर्दा अब हामी स्वतन्त्र छैनौ हाम्रो स्वाभिमान,स्वाधिनता, देशको सर्वाभौमिकता र भौगोलिक अखण्डता जस्ता विषयमा गम्भीर खतरा पैदा हुने कुरा प्रस्ट छ ।

अब त भारतले समय समयमा विभिन्न किसिमका प्रभावमा पारेर गर्ने असमान सन्धी सम्झौताका लागि सहज बाटो खुलेको छ । अझै नेपाली भूमि मिच्दा देश र जनताका पक्षमा समेत चुईक्क बोल्न नेता तथा सासदहरु बोल्न डराइरहेका बेला भारतले खुलमखुला संसदभित्रै एजेन्ट प्रवेश गराउन सफल हुनु देशमा लागि दुर्भाग्य भएको उनले बताए ।








