जलविद्युत् आयोजना बनेसँगै जग्गाकाे मूल्य बढ्याे

कुनै बेला कौडीको मूल्यमा नबिक्ने झाडीले ढाकेका जग्गाको मूल्य जलविद्युत् आयोजना निर्माणको क्रमसँगै बढ्दै गएको छ। दोर्दीखोलामा जलविद्युत् आयोजना बनेसँगै जग्गाकाे मूल्य बढ्नन थालेकाे हाे।

उत्पादन लिन नसकेका जग्गा पनि जलविद्युत् आयोजनालाई चाहिँदा र चित्तबुझ्दो मूल्य आएपछि आयोजनालाई जग्गा बिक्री गरेर पनि स्थानीय बासिन्दाले अन्य क्षेत्रमा लगानी गर्न पाएका छन्।

आयोजना प्रभावित क्षेत्रका स्थानीयले सन्तोषजनक मूल्य पाएसँगै सदरमुकामलगायत अन्य सहरहरूमा समेत घरजग्गालगायत क्षेत्रमा लगानी गरेका छन् । मालपोत कार्यालयले निर्धारण गरेभन्दा पनि स्थानीयको चलनचल्तीको भाउमा महँगो मूल्यमा जग्गा बिक्री गरेको दोर्दीका स्थानीय गोरे गुरुङ बताउँछन्। उनी भन्छन्, ‘उब्जाउ नहुने, कैयाैँ वर्षदेखि बाँझो रहेका जग्गासमेत आयोजनाले राम्रो मूल्य दिएर खरिद गरेको छ ।’

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *