लक्ष्मी क्यापिटल र ऊर्जा डेभलपर्सबीच इक्विटी लगानीसम्बन्धी सम्झौता

निजी इक्विटी र भेन्चर क्यापिटलका लागि इजाजत प्राप्त संस्था लक्ष्मी क्यापिटल मार्केट लिमिटेड र नेपालको विभिन्न स्थानमा जलविद्युत आयोजना निर्माण गर्नुका साथै नवीकरणीय ऊर्जासम्बन्धी विभिन्न सेवाहरु उपलब्ध गराउँदै आएको संस्था ऊर्जा डेभलपर्सबीच एक समारोहबीच इक्विटी लगानीसम्बन्धी सम्भौता सम्पन्न भएको छ ।

समझदारीपत्रमा लक्ष्मी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र ऊर्जा डेभलपर्सका तर्फबाट प्रबन्ध निर्देशक भानु पोखरेलले हस्ताक्षर गरेका छन्।

लक्ष्मी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सापकोटाले आफ्नो धारण राख्दै मर्चेन्ट बैंकिङ तथा परामर्श सेवामा विगतको सफल अनुभव रहेकोले नवीकरणीय र स्वच्छ ऊर्जामार्फत देश विकासमा योगदान पुर्याइरहेको ऊर्जा डेभलपर्ससँग सहकार्र्य गर्दै इक्विटी लगानी गर्न पाउँदा गर्व महसुस भएको बताए।

ऊर्जा डेभलपर्सका प्रबन्ध निर्देशक पोखरेलले इक्विटी लगानीका लागि लक्ष्मी क्यापिटललाई आभार व्यक्त गर्दै यो सम्झौता ऊर्जा डेभलपर्सको पोर्टफोलियो र कम्पनीअन्तर्गत रहेका अन्य परियोजनाका लागि कोसेढुंगा साबित हुने विश्वास व्यक्त गरे।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *