एनएमबि बैंक र सिप्रदीबीच सहकार्य, विद्युतीय गाडीमा ८० प्रतिशत फाइनान्सिङ सुविधा

एनएमबि बैंक लिमिटेडले विद्युतीय गाडीहरुमा न्यूनतम ब्याजदरमै कर्जा प्रवाह गर्ने गरी सिप्रदी ट्रेडिङसँग सहकार्य गरेको छ।  यो सहकार्य बैंकिङ क्षेत्रमै एक उत्कृष्ट योजनाअन्तर्गत पर्दछ। जसमा ८० प्रतिशत फाइनान्सिङसहित आवश्यक सम्पूर्ण कागजात बुझाएको २४ कार्य घन्टाभित्र कर्जा प्रवाह हुने जानकारी गराइएको छ।

वातावरणीय संरक्षणलाई सघाउ पुर्याउने कार्यलाई प्रवर्द्घन गर्न बैंकले यो समझदारी गरेकोे छ। जसमा न्यून ब्याजदर, लचिलो समयावधिजस्ता विशेषताहरु समावेश गरिएको छ।  एनएमबिको यस कर्जा योजना, व्यवसायसँगसँगै वातावरणीय दायित्व पूरा गर्नेे सचेत प्रयास पनि हो। यो योजनाले नेपालकै विद्युतलाई सदुपयोग हुने लक्ष्य लिइएको छ।

यस योजनाले विद्युतीय गाडी चढ्ने ग्राहकलाई कर्जा प्रदान गर्नेमात्र नभई वातावरणलाई दिगो बनाउनसमेत टेवा पुग्ने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *