सप्तकोशी सप्लायर्सले ल्यायो दसैँ अफर : टाटा जेन्यून पार्ट्स एवं आयलमा विशेष छुट

सिप्रदी अटोपार्ट्स प्रालिको इटहरीस्थित आधिकारिक बिक्रेता (टाटा च्याम्पयन जोन) सप्तकोशी सप्लायर्सले दसैँ अफर ल्याएको छ।  नेपालीको महान चाड दसैँका अवसरमा कम्पनीले टाटा जेन्यून पार्ट्स एवं टाटा जेन्यून आयलमा विशेष छुटका साथ उक्त अफर ल्याएको हो।

अफरको टाटा मोटर इन्डिया लिमिटेड कमर्सियल भेइकलका इन्टरनेसनल सर्भिस हेड भेंकेटेस अलवल एवं सिप्रदी अटोपार्ट्स प्रालिका सिनियर जनरल म्यानेजर युवराज बुढाथोकीले संयुक्त रुपमा गरेका हुन्। टाटा कमर्सियल गाडीका धनीले अझ बढी सुपथ मूल्यमा जेन्युन पार्ट्स प्रयोग गरुन भन्ने उद्देश्यसहित अफर सार्वजनिक गरिएको कम्पनीले जनाएको छ। यसरी जेन्यून पार्टसको प्रयोग गर्दा गाडीको आयु बढ्ने र पटकपटक मर्मतसम्भार गर्नबाट छुट्कारा मिल्ने विश्वास कम्पनीले लिएको छ।

यो अफरमा ग्राहकले एक बट्टा टाटा जेन्युन आयल खरिद गर्दा अर्को एक बट्टा आयल निःशुल्क पाउनेछन्। यसैगरी क्लच प्लेट तथा प्रेसर प्लेटको सेट, ब्रेक लाइनिङ र इम्पेरियल ग्रिजको खरिदमा पनि एउटा किन्दा अर्को सित्तैमा पाइनेछ भने फिल्टरमा ४५ प्रतिशत छुट पाउने उक्त सप्लायर्सका सञ्चालक बोधप्रसाद तिमिल्सिनाले बताए। यो अफरबाट धेरैभन्दा धेरै गाडी धनीले लाभ उठाउन सक्ने उनको भनाइ छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *