सेञ्चुरी कमर्सियल बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच सम्झौता

सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच कृषि कर्जा कार्यक्रमअन्तर्गत लगानी गरेका कृषि कर्जाहरुको सुरक्षणसम्बन्धी सम्झौता भएको छ।

यस सम्झौताअनुसार बैंकले कृषि कर्जा कार्यक्रमअन्तर्गत लगानी गरेका रु. ३ करोडसम्मको कृषि कर्जाहरुको सुरक्षण, कोषको कर्जा सुरक्षण नियमावली, २०७५ अन्तर्गत हुनेछ। यस सम्झौतापश्चात कृषि कर्जा प्रवाहको जोखिम थप न्यूनीकरण भई कर्जा प्रवाहमा वृद्धि हुने बैंकले अपेक्षा गरेको छ।

सम्झौतापत्रमा कोषका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत उषा पौडेल र बैंकका तर्फबाट उपमहाप्रवन्धक अनुपमा श्रेष्ठ मानन्धरले हस्ताक्षर गरेका छन्।

कार्यक्रममा कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरे, विष्णुमणी अधिकारी, सेञ्चुरी कमर्सियल बैंकका कृषि तथा विपन्न कर्जा विभाग प्रमुख प्रविनकुमार दाहाल तथा बजारीकरण विभागका गणेश सुवेदीको उपस्थित रहेको थियो।

सेञ्चुरी कमर्सियल बैंकले १४७ शाखा, १० एक्सटेन्सन काउन्टर, २४ शाखारहित बैंकिङ र ११५ वटा एटीएममार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *