सेयर बजारमा आज पनि झिनो अंकले गिरावट आएको छ । आज सेयर बजार कारोबार मापक नेप्से परिसूचक १.६७ अंकले घटेर १९७०.६२ बिन्दुमा रोकिएको छ ।
बिहीबार सेयर बजार १.०८ अंकले घटेर १९७२.२९ बिन्दुमा कारोबार रोकिएको थियो ।
यता ठुला तथा बलिया कम्पनीको कारोबर मापक सेन्सेटिभ परिसूचक पनि ०.७४ अंकले घटेर ३८३.२० बिन्दुमा रोकिएको छ ।
कारोबार अवधिभर २१९ कम्पनीको १८ लाख १ हजार २७३ कित्ता सेयर खरिदबिक्री हुँदा ६९ करोड ८८ लाख रुपैयाँमा सीमित बनेको छ।
कुल १३ उपसमूहमध्ये ३ वटा समूहको सेयर मूल्य बढेको छ भने बाँकी १० वटा समूहको सेयर मूल्य घटेको छ ।
आज ७३ कम्पनीको सेयर मूल्य बढेको छ भने ९७ कम्पनीको सेयर मूल्य घटेको छ ।
Artha Sanjal






