एनआईसी एशिया बैंक,कुमारी बैंक, नबिल बैंक, नेपाल बैंक , राष्ट्रिय बाणिज्य बैंक र सानिमा बैंकले सि-आस्बा शुल्क लिदैनन्। यी बैंकले लगानीकर्ताको गुनासोको आधारमा सि-आस्बा शुल्क नलिने निर्णय गरेका हुन् । यी बैंकबाट आइपिओ भर्दा सी–आस्बा शुल्क लाग्दैन।
सि-आस्बा शुल्कका नाममा बैंकले मनलाग्दी रकम लिन थालेपछि मर्का परिरहेको लगानीकर्ताको गुनासो थियो । शेयर बजारमा आकर्षण बढेपनि विभिन्न शुल्कका कारण मर्कामा परेको लगानीकर्ताहरुले गुनासोलाई मध्यनजर गर्दै नेपाल धितोपत्र बोर्डले सि आस्बा शुल्क अधिकतम ५ रुपैयाँसम्म लिन पाउने ब्यबस्था गरेको छ ।
यसअघि लगानीकर्ताहरूले आइपिओ भरेबापत बैंकहरूलाई अधिकतम एक सय रुपैयाँसम्म यस्तो शुल्क तिर्दै आएका थिए।
Artha Sanjal






