आज सेयर बजार ओरालो लागेको छ । आज सेयर बजार कारोबार मापक नेप्से परिसूचक २१.९७ अंकले घटेर १९७३.३८ बिन्दुमा ओर्लिएको छ ।
मगलबार सेयर बजार १.१४ अंकले बढेर ३८८.९३ बिन्दुमा कारोबार रोकिएको थियो । यता ठुला तथा बलिया कम्पनीको कारोबर मापक सेन्सेटिभ परिसूचक पनि ४.३६ अंकले घटेर ३८४.५९ बिन्दुमा रोकिएको छ ।
कारोबार अवधिभर २२४ कम्पनीको २९ लाख ९२ हजार ८७३ कित्ता सेयर खरिदबिक्री हुँदा १ अर्ब १२ करोड ६२ लाख १७ हजार ८ सय ६२ रुपैयाँको कारोबार भएको छ ।
कुल १३ वटै उपसमूहको सेयर मूल्य घटेको छ । आज फाइनान्स र हाइड्रोपावर समूहका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।आज १५ कम्पनीको मात्र सेयर मूल्य बढेको छ भने १६८ कम्पनीको सेयर मूल्य घटेको छ ।
Artha Sanjal






