अग्नि ग्रुपद्वारा कुरिन्टारमा महिन्द्राको थ्रीएस सुविधासहितको शोरुम स्थापना

अग्नि ग्रुपले हालै नेपालको प्रदेश नं. ३ अन्तर्गत बागमती क्षेत्र कुरिन्टारमा महिन्द्राका गाडीहरुको अटो डिभिजन र फार्म डिभिजनको नयाँ बिक्री, सेवा र पार्टपुर्जासहितको सुविधासम्पन्न शोरुम स्थापना गरेको छ। कम्पनीका अनुसार यो यस क्षेत्रका लागि कम्पनीको पूर्ण सुविधाले सुसज्जित आधिकारिक शोरुम हो।

महिन्द्रा अटोमोबाइल्सका सबै शृंखलाका सवारीसाधनसहितको थ्रीएस सेटअपयुक्त यो शोरुम इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङ, उपाध्यक्ष माया सिलवाल, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिन्टारका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक प्रमुख अन्जनीकुमारी पोखरेल, कालीबहादुर गण भरतपुरका गणपति अच्युत घिमिरे, सशस्त्र प्रहरी बल १६ नम्बर गण आपँटारीका सशस्त्र प्रहरीउपरीक्षक मनोज थापा, राष्ट्रिय अनुसन्धान कार्यालय चितवनका अनुसन्धान उपनिर्देशक शेरजंग चन्द, अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठ र अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुनप्रसाद शर्माद्वारा अन्य स्थानीय प्रतिनिधिहरुसहित संयुक्त रुपमा उद्घाटन गरिएको छ।

अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठका अनुसार कम्पनी उपभोक्ताको आवश्यकताअनुसार विभिन्न शृंखलाका उत्पादनहरु उपलब्ध गराउनमा केन्द्रित रहेको छ र सबै महिन्द्रा बिक्री केन्द्रहरुमा समान गुणस्तर सेवाका कारण अधिकतम उपभोक्ता सन्तुष्टि पनि पाइरहेको छ। उनका अनुसार महिन्द्रा गाडी किन्ने ग्राहकले यो थ्रीएस सेटअपअन्तर्गत महिन्द्रा अटोमोबाइल्सका सबै उपयोगी सवारीसाधन, एसयूभी, पिकअपसहितका सबै उत्पादनहरुमात्रै नभई महिन्द्रा ट्रयाक्टर मोडलहरु जस्तै नयाँ ‘एसपी प्लस’, युभो, नोभो, जिभो र युभराज ट्रयाक्टर शृंखला आदिका बिक्री (सेल्स), उत्कृष्ट सेवा (सर्भिस) र सक्कली स्पेयर पार्टसको लाभ उपलब्ध गराउनमा समर्पित हुने जानकारी दिएका थिए। उनले भने, ‘महिन्द्रासँगको हाम्रो सम्बन्धको ३० वर्ष पूरा गरिरहँदा यसरी देशका विभिन्न स्थानमा सुविधाले सुसज्जित आधिकारिक शोरुम खोल्नु अग्नि ग्रुपका लागि गर्वको क्षण पनि हो, जुन एक किसिमले हाम्रा ग्राहकप्रति हाम्रो प्रतिबद्धता, वर्गमा उत्कृष्टभन्दा कम केही नपाउने सुनिश्चित गर्ने थप जिम्मेवारी पनि हो।’

कुरिन्टार र आसपासका ग्राहकलाई अधिकतम सुविधा र किफायती रुपमा कम्पनी र यसका सबै गुणस्तरीय सेवामा पहुँच उपलब्ध गराई लाभ प्रदान गर्ने मूल उद्देश्य राखेर यो नयाँ शोरुम, सर्भिस र स्पेयर पार्टस सेन्टर स्थापना गरिएको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

कम्पनीका अनुसार यस क्षेत्रमा नयाँ महिन्द्रा शोरुमको स्थापनासँगै आउँदा दिनमा ग्राहक र कम्पनीबीच विश्वास अझ प्रगाढ बन्दै जाने तथा यसले हाल र नयाँ उद्यमी र कृषक तथा कृषिकर्मीले लाभ प्राप्त गर्ने विश्वास लिइएको छ।

कम्पनीका अनुसार यो थ्रीएस सेटअपसहितको शोरुम अग्नि इन्कर्पोरेटेड प्रालिअन्तर्गतको पूर्णसुविधाले सुसज्जित आधिकारिक शोरुम हो भने सर्भिस सेन्टर भने बालाजु अटो वर्क्स लिमिटेडअन्तर्गतको सुविधा सम्पन्न सर्भिस सेन्टर हो।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *