७९ यात्रु बोकेर काठमाडौं उडेको जहाजकाे इन्जिनमा धुवाँ देखिएपछि नेपालगञ्जमा आपत्कालीन अवतरण

नेपालगञ्जदेखि काठमाडौंका लागि उडेको जहाजमा धुवा देखिएपछि नेपालगञ्जमै आपत्कालीन अवतरण गरिएको छ । श्री एयरलाइन्सको ९एनएएनएफ जहाजको वायाँ यन्जिनमा धुवा देखिएपछि नेपालगञ्ज विमानस्थलमा आपत्कालीन अवतरण गरिएको हो ।

इन्जिनमा धुवाँ देखिएपछि १० माइल उडेको जहाज सोही विमानस्थलमा फर्काइएको हो । नेपालगञ्ज विमानस्थल कार्यालयका अनुसार जहाजको अवतरणका क्रममा ‘फुल इमर्जेन्सी’ व्यवस्था गरिएको थियो ।

अहिले जहाज सुरक्षित अवतरण भएको छ । जहाजमा चालक दलका सदस्यसहित ७९ जना यात्रु थिए । उनीहरु सबै सकुशल रहेका विमानस्थल कार्यालयले जनाएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *