प्रभु बैंकमा विदेशबाट पनि विदेशी मुद्राको खाता खोल्न सकिने

प्रभु बैंक लिमिटेड र गैरआवासीय नेपाली संघ (एनआरएनए)बीच विदेशी मुद्रामा खोलिने खाता तथा अन्य बैंकिङ सेवासम्बन्धी सम्झौता भएको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र एनआरएनएका अध्यक्ष विनोद कुँवरले मंगलबार सोसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ ।

‘मातृभूमिको सम्मानका लागि नेपालमा खाता खोलौँ’ भन्ने मूल नाराका साथ प्रभु बैंक र एनआरएनएले आफ्ना सदस्यसहित सबै गैरआवासीय नेपालीहरूले विदेशका जुनसुकै देशहरूबाट विदेशी मुद्रामा बचत तथा मुद्धति खाता खोल्न सक्ने व्यवस्था गरेका हुन्। यी खाता अमेरिकी डलर, युरो, पाउन्ड स्टर्लिङ, अस्ट्रेलियन डलर र जापानिज येनमा न्यूनतम मौज्दात अमेरिकी डलर एक हजार वा सोबराबरको परिवर्त्य विदेशी मुद्रा कायम गरी खोल्न सकिने सम्झौतापत्रमा उल्लेख छ।

यसरी खोलिएको खातामा नेपाल राष्ट्र बैंकको नीति, नियम तथा निर्देशनको अधिनमा रही विदेशबाटै बैंकिङ प्रणालीबाट मात्र रकम जम्मा गर्न सकिनेछ। यसरी जम्मा गरेको रकम तथा ब्याज विदेश फिर्ता लानुपरेमा भने जम्मा गरेकै मुद्रामा जुन देशबाट रकम पठाएको हो, सोही देशमा निक्षेपकर्ताको नाममा रहेको बैंक खातामा मात्र पठाइनेछ। यस्ता खातामा रहेको रकम नेपालमै खर्च गर्न तथा रकमान्तर गर्न सकिने सम्झौतापत्रमा उल्लेख छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *