मुख्यता: ११ र १२ कक्षाका लागि विज्ञान, म्यानेजमेन्ट संकायमा अध्यापन गराइरहेको एकेडमीले करिब एक करोड ५० लाख लगानीमा स्थापना भएकाे डस्ट फ्रि मोडुलर भौतिकशास्त्र, रसायनशास्त्र र जीव विज्ञान विषयकाे प्रयाेगशालामार्फत अध्यापन गराइरहेकाे छ । ‘यो नेपालकै नमुना ल्याब हो, हामीले प्रयोगात्मक शिक्षालाई प्राथमिकता दिँदै यसकाे थालनी गरेका छौँ,’ एकेडमीका निर्देशक दिनेशमान अमात्यले भने ।
विज्ञान विषय अध्ययनमा प्रयोगत्मक ज्ञान महत्वपूर्ण भएकले ल्याब सञ्चालनमा ल्याइएको हो । ल्याब स्थापनापछि विद्यार्थीहरूको आकर्षण बढे पनि भैरहवाका विद्यार्थीलाई पूर्ण रुपमा रोक्न भने नसकेकाे विज्ञान संकायका संयोजक कृष्णमोहन कहारले भने ।
यस एकेडेमीमा विज्ञान संकायमा मात्रै शैक्षिक सत्र २०७५/७६ मा ७५ जना विद्यर्थाी थिए । वर्ष २०७६/७७ मा ८४, २०७७/७८मा एक सय १३, २०७८/७९ मा एक सय ३९ हुँदै अहिले वर्ष २०७९/८० का लागि एक सय ६९ जना अध्ययनरत छन् ।







