प्रभु बैंकका ग्राहकलाई स्टार हस्पिटलमा छुट

प्रभु बैंक लिमिटेडका ग्राहकले स्टार हस्पिटलमा छुट पाउने भएका छन्। प्रभु बैंक र स्टार हस्पिटलबिच आकर्षक छुट गर्ने सम्झौता भएको हो ।

सम्झौतामा बैंकका तर्फबाट डिजिटल सेल्स् विभागका प्रमुख भेष राज धमला र स्टार हस्पिटल प्रा.लि.का तर्फबाट कार्यकारी अध्यक्ष  किशोर कुमार महर्जनले हस्ताक्षर गरेका छन्। प्रभु बैंक र उक्त लि. बिच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका सम्पूर्ण ग्राहकहरुले स्टार हस्पिटल लि.द्धारा सञ्चालित सेवा मध्ये बेड चार्ज तथा अनुसन्धान सेवामा १० प्रतिशत छुट प्राप्त हुने छ ।

उक्त सम्झौता अन्तर्गत स्टार हस्पिटल लि.मा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहकहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, क्यु आर र पीओएस मेसिन च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, स्टार हस्पिटल लि. का सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको बैंकले जनाएको छ ।

यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *