एनआरएनलाई नेपाली सरहको नागरिकता माग गर्दै संसदमा संशोधन प्रस्ताव दर्ता

गैरआवासीय नेपालीहरु (एनआरएन)लाई नेपाली सरहको अधिकार माग गर्दै संसद्‍मा दर्ता भएको नागरिकता विधेयकमाथि संशोधन प्रस्ताव दर्ता भएको छ ।

प्रतिनिधि सभा नियमावली २०७५ को नियम १११ बमोजिम विधेयकको दफा ३ को उपदफा १ बमोजिम गैरआवासीय नागरिकता प्राप्त गर्ने व्यक्तिले आर्थिक, सामाजिक र सांस्कृति अधिकार नेपाली नागरिकता सरह उपभोग गर्न पाउने माग गर्दै नेकपा एमाले सांसद डा. सूर्य प्रसाद पाठकले सोमबार संसद्‍मा सो संशोधन प्रस्ताव दर्ता गराएका हुन् ।

पाठकले नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेकी विदेशी महिलाले नेपालको अंगीकृत नागरिकता लिन चाहेमा बैवाहिक सम्बन्ध कायम भई नेपालमा निरन्तर सात वर्षसम्म स्थायी बसोबास गरेपछि मात्र लिन पाउने प्रावधान राख्न माग गरेका छन् । संसोधन प्रस्तावमा गैरआवासीय नेपालीहरुलाई गृहमन्त्रालयको सट्टा मन्त्रालयले तोकेको निकायबाट नागरिकता दिने व्यवस्था गर्न माग गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *