मेगा बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

मेगा बैंक नेपाल लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो। आगामी बार्षिक साधारण प्रयोजनार्थ मङ्सिर १४ गतेको लागि बुक क्लोज तय गरेकाले मङ्सिर १३ गतेसम्म  सेयरधनीले लाभांश प्राप्त गर्न र साधारणसभामा भाग लिन पाउनेछन। बैंकले १ अर्ब ४६ करोड रुपैयाँ बराबरको बोनस सेयर दिन लागेको हो।

मेगा बैंकको यहि मङ्सिर २८ गते नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमान्डौमा आफ्नो एघारौँ बार्षिक साधारणसभा छ। बैंकको संचालक समितिले गत आर्थिक बर्ष अर्थात आर्थिक बर्ष २०७७-०७८ बाट आफ्ना सेयरधनिहरुलाई १० प्रतिशत बोनस र २।०७ कर प्रयोजन सहित नगद लाभांश गरि कुल १२।०७ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ।

यस अवधिमा मेगा बैंकको चुक्ता पुंजी १४ अर्ब ६५ करोड रहेको छ। १० प्रतिशत बोनस सेयर वितरण पश्चात बैंकको चुक्तापुंजी १६ अर्ब नाघ्नेछ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *