मणिपुर पहिरोमा २० जना अझै बेपत्ता

भारतको उत्तरपूर्वी राज्य मणिपुरमा ठूलो पहिरोमा परी हराइरहेका २० जनाको खोजी भइरहेको छ । बुधबार रेलवे निर्माणस्थलमा खसेको पहिरोमा हालसम्म ४० जनाभन्दा बढीको मृत्यु भएको छ ।

मारिनेमा अधिकांश मजदुर र भारतीय सेनाको स्वयंसेवी दलका सदस्य छन्  । भारी वर्षाले उद्धार कार्य प्रभावित भएको अधिकारीहरूले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *