इसेवा मनी ट्रान्सफर र युएईको लुलु इन्टरनेशनल एक्सचेञ्जबीच रेमिट्यान्स सम्झौता

इसेवा मनी ट्रान्सफर र विदेशी मुद्रा एक्सचेन्ज तथा विश्वव्यापी मनी ट्रान्सफरको काम गर्दै आएको यु.ए.ई स्थित लुलु इन्टरनेस्नल एक्सचेन्जवीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ । रेमिट्यान्स् भुक्तानी सम्बन्धि सम्झौता पत्रमा इसेवा मनी ट्रान्सफरका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजेस कोइराला र लुलु इन्टरनेस्नल एक्सचेन्जका तर्फबाट सहायक प्रमुख थम्पी सुदर्शननले हस्ताक्षर गरेका छन् ।

यस सम्झौता सँगै, यु.ए.ईका प्रमुख स्थान अबुधाबी, दुबई र सारजाह लगायत यु.ए.ई का सातैवटा इमिरेट्समा बस्दै आएका नेपालीहरुले लुलु इन्टरनेस्नल एक्सचेन्जका मार्फत नेपालमा रेमिट्यान्स् पठाउन सकिनेछ ।
उनीहरुले युएइ भरी रहेका लुलुका ८४ वटा शाखा मध्ये कुनै पनि शाखामा  गइ इसेवा मनी ट्रान्सफरको माध्यमबाट नेपाल पैसा पठाउन सक्ने छन् । यसका साथै, लुलु इन्टरनेशनल एक्सचेञ्जको मोबाइल एप  (लुलु मनी) मार्फत पनि छिट्टै नेपालमा पैसा पठाउन सक्ने छन् ।

लुलु इन्टरनेशनल एक्सचेञ्जका शाखाबाट नेपालमा पैसा पठाउँदा, पठाउने व्यक्तिले ६० भन्दा धेरै बैंकका खातामा सिधै रकम पैसा पठाउँन सकिनेछ भने  ६० लाख भन्दा बढी प्रयोगकर्ता रहेकोे इसेवा वालेटमा पनि सोझै रकम पठाउन सकिनेछ । साथै लुलु इन्टरनेशनल एक्सचेञ्ज हुँदै यु.ए.ईबाट पठाएको रेमिट्यान्स्, नेपालका अधिकांश ठाउँमा रहेका इसेवा मनी ट्रान्सफरका १२, ००० भन्दा बढी रकम भुक्तानी केन्द्र तथा एक लाखा भन्दा बढी इसेवाका क्यास प्वाइन्ट मार्फत पनि रकम झिक्न सकिनेछ । यसका साथै, पठाएको नगद रेमिट्यान्स् भुक्तानी केन्द्रमा नगई सोझै इसेवा वालेटमा प्राप्त गरि अतिरिक्त रु.७७ बोनस रकम समेत प्राप्त गर्न सकिनेछ । यसैगरि हाल इसेवा मनी ट्रान्सफरको “रेमिटोत्सव” योजना चलिरहेको हुनाले युएई स्थित नेपालीहरुले   लुलु इन्टरनेशनल एक्सचेञ्जबाट इसेवा मनी ट्रान्सफर मार्फत नेपाल रकम पठाई दैनिक रु.५,००० तथा बम्परमा रु.५०,००० समेत जित्न सकिनेछ ।

सम्झौता पछि इसेवा मनी ट्रान्सफरका सि.इ.ओ, अजेस कोइरालाले भने, “इसेवा मनी ट्रान्सफर र  लुलु इन्टरनेशनल एक्सचेञ्जबीचको यस सम्झौताले यु.ए.ईबाट नेपाल रेमिट्यान्स् भुक्तानी सेवालाई थप सहजता प्रदान गर्ने सुनिश्चित छ । डिजिटल माध्यमबाट बैंक तथा इसेवा वालेटमा पनि पैसा पठाउन मिल्ने भएकाले धेरै जसो नेपालीहरुले लुलु एक्सचेन्ज बाट इसेवा मनी ट्रान्सफरमार्फत नेपाल पैसा पठाउने कुरामा हामी विश्वस्त छौँ” ।

लुलु इन्टरनेस्नल एक्सचेन्ज विदेशी मुद्रा एक्सचेन्ज र विश्वव्यापी मनी ट्रान्सफरको काम गर्दै आएको यु.ए.ई स्थित गैर बैंकिंग मुलक वित्तिय संस्था हो । यसका यु.ए.ई भर ८४ शाखा रहेका छन् भने प्रधान कार्यालय अबुधाबीमा रहेको छ । हाल यसले संसारका अधिकांश मुलुकमा विदेशी मुद्रा एक्सचेन्ज र मनी ट्रान्सफरको सेवा प्रदान गरिरहेको छ ।

इसेवा मनि ट्रान्सफरले परम्परागत शैलि तथा डिजिटल माध्यमबाट इसेवा वालेटका ६० लाख भन्दा बढी प्रयोगकर्ताहरु र ६० भन्दा बढी बैंक खातामा विपे्रषण रकम भित्राउँदै आएको छ । इसेवा मनि ट्रान्स्फरले आफ्ना सेवाग्राहीहरुलाई १२,००० भन्दा बढी भुक्तानी केन्द्र तथा इसेवाका एक लाख भन्दा बढी क्यास प्वाइन्ट मार्फत पनि विपे्रषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ । सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्विकृति प्राप्त इसेवा मनि ट्रान्सफर, देशभरका एक करोड दश लाख भन्दा बढी जनसंख्या र एक लाख बढी संस्थाहरुलाई फिनटेकमा आधारित भुक्तानी सेवाहरुको माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *