काठमाडौं ५ बाट संसदको चुनाव लड्दै रञ्जु दर्शना, भन्छिन् : तयारीमा होमिएँ

रञ्जु दर्शना आसन्न संसदीय निर्वाचनको तयारीमा जुटेकी छन् । २०७४ मा विवेकशील नेपाली दलबाट काठमाडौंको मेयर उठेकी रञ्जुले आसन्न संसदीय चुनावमा काठमाडौं ५ बाट उठ्ने तयारी गरेकी हुन् । ‘मैले काठमाडौ ५ बाट नै उम्मेदवारी दिने तयारी गरेकी छु’, अनलाइनपानासँग कुरा गर्दै दर्शनाले भनिन्, ‘अब म चुनावी तयारीमा होमिएकी छु ।’

विवेकशील नेपाली दलबाट अघिल्लो चुनावमा काठमाडौंको मेयरमा उनले २३ हजार ४३९ मत ल्याएकी थिइन् । विवेकशील साझा दलनिकट रहेकी दर्शना पछिल्लो समय सक्रिय राजनीतिबाट टाढा छिन् । विवेकशीलका संस्थापक अध्यक्ष उज्ज्वल थापा उम्मेदवार हुँदै आएको क्षेत्रबाट उम्मेदवार बन्ने दर्शनाले निर्णय गरेकी हुन्। थापाले काठमाडौं ५ बाट चुनाव लड्दै आएका थिए ।

काठमाडौं महानगरपालिकाका वडा नं. २, ३, ४ र ५, बूढानिलकण्ठ नगरपालिकाकाका वडा नं. ३, ४, ५, ६ र ७ तथा टोखा नगरपालिकाका वडा नं. २, ३, ४, ५, ६ र ७ लाई काठमाडौं क्षेत्र नम्बर ५ मा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *