नेपालमै विद्युतीय गाडी उत्पादन गर्न कोरियन कम्पनी मोट्रक्सले अनुमति पाएको छ । लगानी बोर्डको कार्यालयको आज बसेको बैठकले कोरियन कम्पनी मोट्रेक्सलाई विद्युतीय गाडी उत्पादन गर्न दिने निर्णय गरेको हो ।
बोर्ड अध्यक्ष तथा प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले लगानी सम्मेलनबाट सबै गाडी उत्पादन गर्ने भन्दै प्रस्ताव गरेको कम्पनीलाई विद्युतीय गाडी उत्पादन गर्न अनुमति दिएको हो।
पेट्रोलियम पदार्थले चल्ने गाडी नभई विद्युतीय गाडी मात्रै उत्पादन गर्न दिइनुपर्छ भन्ने प्रधानमन्त्रीका प्रस्ताव बोर्ड बैठकबाट पास भएको बताइएको छ ।
Artha Sanjal






