तारा एयरको विमान दुर्घटनामा परी ज्यान गुमाएकाहरुको शव परिवार बुझे

तारा एयरको विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको शव महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालबाट बिहीबार मृतकका परिवारले बुझेका छन् । शव हस्तान्तरण गर्न अघि सबै २२ जनाको शवको पोस्टमार्टम गरिएको थियो ।

पोखराबाट मुस्ताङको जोमसोमतर्फ जाने क्रममा सो विमान दुर्घटना भएको थियो । दुर्घटनामा चालक दलका तीन सदस्यसहित १३ जना नेपाली र चार भारतीय तथा दुई जना जर्मन नागरिकले ज्यान गुमाएका थिए ।

दुर्घटनामा ज्यान गुमाएकाको शव सोमबार र मङ्गलबार दुई चरणमा नेपाली सेनाको एमआई–१७ हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *