हराएको विमान खोज्न काठमाडौँबाट उड्यो सेनाको हेलिकप्टर

तारा एयरको विमान सम्पर्कविहिन भएपछि नेपाली सेनाको हेलिकप्टर खोजी कार्यका लागि उडेको छ । केहीबेरअघि काठमाडौँबाट सेनाको हेलिकप्टर मुस्ताङका लागि उडेको हो ।

सम्भावित दुर्घटना क्षेत्रमा हेलिकप्टरले खोजीकार्य गर्ने बताइएको छ । विमान दुर्घटना भएको आशंका गरिए पनि अहिलेसम्म पुष्टि भइसकेको छैन ।

मुस्ताङको लेतेमाथि टिटी ताल क्षेत्रमा विमान दुर्घटना भएको आशंका गरिएको छ । सोही क्षेत्रमा खोजीका लागि सेनाको हेलिकप्टर पठाइएको हो । ताराको विमानमा ६ विदेशीसहित १९ जना सवार छन् ।
होलिकप्टरमा उद्दार उपकरण र आवश्यक बन्दोबस्तीका सामानहरु पनि लगिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *